Saturday, January 12, 2013

सौचालय-साहित्य

~महाँकाल डिसेम्बर् २००९ सिनेमा हल, स्कुल,कलेज,सर्कारी कार्यलय,अस्पताल कहि न कहि त एक पटक भए पनि सौचालय बिचरण गर्नु भएकै होला । आउनुहोस् ति मिठा पलहरुको एक पल्ट फेरि स्मरण गरौ । सार्वजनिक सौचालयको तिखो सुवास नाकमा च्वाँस्स जसै पर्छ उसै सभ्य र शालिन शब्दहरु आँखाभरि नाचिहल्छन्, घन्किहाल्छ कानभरि नाक र निधारतिर पनि उस्तै देव-देवीको आकृतिहरु ठोकिन आइपुग्छन । यमराजको बैभव देखेर ईन्द्रले डाह गरि निर्माण गरेको भान हुने, शानदार र भयङ्कर भब्य चर्पीमा आफ्नो जुत्ताको फोहोर लाग्ला कि भनेर खुट्टा टेक्ने ठाँऊ नभेट्दा भित्ता, सिलिङ्ग्, चौकस ढोका, पल्ला प्यान र प्वालहरुमा समेत उत्कृष्ट साहित्यहरु महान स्रस्टाहरुले बडो गजबको शैलीमा रचेका, सृजेका भेटिन्छन् । नेपालमा सहित्यकारहरुको कमि पटक्कै छैन, न त साहित्य प्रेमीहरुको नै, एउटाले दुई-चार शुभ साईत गर्छन् त दुई सय चारले ले हजार भर्छन्। साहित्यमा नोबल पुरस्कार पनि तुच्छ पारिदिने कहिल्यै नसुनेको, नपढेको साहित्यहरु शौभाग्यबश ति भाग्यमानीले मात्र जो सार्वजनिक सौचालय छिर्छन, पढन पाउछन्। कुनै पत्रीकाको बर्गिकृत बिज्ञापनको खुला पाना झैं लोभ-लाभ, वारेन्टि-ग्यारेन्टि, नाप-साईज, सम्पर्क ठेगाना सहित सविस्तार बर्णनका महाकाब्यहरु भेटिन्छन्। क्रान्तिकारी ति सर्जकहरुको चर्को नारावाजीले गुलेली प्रहार गर्दा आन्दोलन दमनकारीको टियर ग्याँसले आँखा, नाक पोलेर श्वास रोकिए झैं लाग्छ अनि पुरै चर्पी मेरो देश हो । र मेरो देश एउटा महान चर्पी हो । देशमा आन्दोलन चलिरहेछ, क्रान्ति भैरहेछ । यो आन्दोलनबाट कोही पनि उम्कने उपाय छैन । अस्पतालमा त झनै आफ्नो बिरामीको सेवा गरे वापत र आफ्नै रोग सन्च पारिदिएकोमा महिला डक्टर र नर्सहरुलाई कृतज्ञता व्यक्त गर्ने पवित्र स्थान नै टोइलेट रहेछ । त्यो पनि काव्यमा(आँशुकवि कुरुवा र भिजिटरहरुको ति बिशिस्ट वाङ्मयहरु बिशेष कारणले यहाँ उद्दरण गरिएको छैन) नामै तोकेर फलाना सिस्टरले यति सेवा गर्नु भयो भन्दै अति आभारी छु भनि उपहार नै टक्राउदो रहेछन ति कुरुवा र निको भएका बिरामीहरुले। ति सबै उपहार बटुल्न त अस्पतालका सबै स्टाफहरुलाई नै हम्मे हम्मे पर्छ म जोखेरै भन्छु । फेरि निको नभएर परम धाम गएकाहरुले चाँहि आफ्नो कविता र उपहारहरु यमलोकबाट सिधै ईमेल र कुरीयर गरि पठाउद रहेछन । यदा कदा यस्ता साहित्यहरु गाँऊ घरका कुनातिरका बाँसको बोटहरुमा र चौतारो फलैचाहरुमा पनि फाट्ट-फुट्ट भेटिन्थे । बाँसघारि र झाडीतिर पाईखानाका निम्ति जाँदा फुरेका ति काव्यरस कै बिकसित रुप हुनु पर्छ यि सौचालय साहित्यहरु । त्यसैले यसलाई अझै प्रोत्साहन गर्नलाई हरेक घरको हरेक टोईलेटको भित्ताहरुमा लेखिनु पर्छ । देशको बिशिष्ट टट्टिखानाहरु बडा हाकीम, नेताहरु, मण्त्रीहरु, उपप्रधान मण्त्री, प्रधान मण्त्री, उपराष्ट्रपति राष्ट्रपति सबैको, टोइलेट खाली छोडिनु हुन्न । यसो संसारभरिका साहित्य प्रेमीहरु नेपालमा साहित्य अध्ययन गर्न आउनेछन । मुलुकको आर्थिक बिकाश पनि हुनेथ्यो। नेपाल भ्रमण वर्ष २०११ लाई पनि ठुलो टेवा पुग्नेथ्यो!

Tuesday, June 5, 2012

मरुभूमिकी सगरमाथा

अँध्यारो भनिने रातमा सेती-कोशी सुसाए झैं सुसाउदै बेगले राँके भूतको लस्करहरु एक तमासले, दौडिरहेछन् सेख जायद् रोडमा चकमन्न छ, सुनसान्-सुनसान् मसानघाट् झैं यो रात वीर मसान उफ्रीएर मुर्कुट्टाहरु डुक्रीए झैं मरुभुमिको वालुवामथि दौडिरहेछ आकासे भूत अजङ्ग् ठाडो पहाडहरुमा बल्ने च्याऊहरु टल्किरहेछन् चुन्-ढुङ्गा र कमेरोको भिरपाखामा, रङ्गीविरङ्गी फूलहरु र गुराँसहरुमाझ उभिएर, बान्कीमा यि मरुभूमिकी सगरमाथा कुन जन्मको हो, साईनो गाँस्दै म तिर फर्की; मुस्कुराइरहेछिन् ~mahaakal oct 2010

Sunday, November 14, 2010

नलडेरै हारिरहेछु।

रसरङ्गको बगैंचामा
म चुस्त खरायो भै, उफ्रदैथे
कुन शिकारीको आँखाको
पाशोमा परे
र मरे।

फेरि, पिरतीको गृहयुद्दमा
कुन दु:स्मनले
बिछ्याएको माईनमा
मेरो यात्रा गुड्यो
र बिष्फोट्मा टुङ्गियो।

फेरि, मायाको रणभूमिमा
कसको कुन चक्रब्यूहमा
म कसरी फसे
र मेरो छात्तीमा
भाला रोपियो।

फेरि,प्रेमको राजनितिमा
म कसको षडयन्त्रमा परे
तरवारहरुबाट घेरिए
र मेरो टाउको गिडियो।

कुन युद्दभुमि हो
कुन रङ्गमञ्च
मैले छुट्याउनै सकिन
कुन खेल मैदान हो
कुन एम्बुस लडाँईको
मैले ठम्याउनै सकिन

अझै पनि चिन्न सकिन
मेरो शत्रुहरुलाई
पत्तो लाउन सकिन वैरीहरुलाई
त्यसैले यो लडाँई
कोसँग कसरी लडुँ
यसरी हरेक युद्द म
नलडेरै हारिरहेछु।

Wednesday, June 30, 2010

भाले नपुंसक

हे जननीजन्मभूमि!
जतिसुकै मलिलो हो ओस
तिम्रो उर्बर भूमि
जति खन; जोत; बाझो फुटाऊ
मल-जल गर, पसिना बगाऊ
परिश्रमको राजकुलो नै लगाऊ
बेढंगले फस्टाएको, तिम्रो बारीमा
बाली हौसिए पनि
माली रौसिए पनि
ए नेपली धर्ति!
खोष्टा र खोया मात्रै रहेको
जुँगा भएको तर दाना नभएको
हाय! तिम्रा सपूतहरू
औ! जति स्याहार; सुसार;
मायाले हुर्काऊ तिम्रो गर्भमा
यि छद्मभेषी साँढेका
बिदेशी बिउँहरुलाई
फसल लाग्ने छैन, तिम्रो कोखमा
किनभने प्रीये
आयातीत् बिकाशे तिम्रो
भाले नपुंसक परेको छ ।

~महाँकाल

Sunday, May 30, 2010

सुखावतीव्यूह सूत्र

१. भूमिका

सुखावतीव्यूह सूत्रका दुइवटा संस्करणहरु छन्: वृहत सुखावतीव्यूह सूत्र तथा
संक्षैप्त सुखावतीव्यूह सूत्र । समस्त नेपाली पठक वर्गको हितलाई ध्यानमा राखी
प्रस्तुत सुखावतीको नेपली अनुवाद् नागर्जुन बौध्द अध्ययन संस्थान कै नेपाल बौध्द
अनुवाद परियोजनाद्वारा गरिएको हो । सुखावतीको नामैले अत्युत्तम सुख र आनन्दको भूवन
भन्ने अर्थ दिन्छ ।

चीन र जापनमा प्रचलित पुरे लन्द् (सुद्द क्षेत्र) सम्प्रदायहरुको मत अनुसार यो ग्रन्थ कयौं पवित्र
सूत्रहरुमध्ये एक हो । अ मिताभ बुद्धको नाम जप गर्नु भनेकै सुखावती बुध्दक्षेत्रमा जन्म लिने माध्यम
हो जुन चीनिया तथा जापानी बौद्धहरुका माझ अति नै लोकपृय छ ।

वैशाली नगरमा भगवान बुद्धले आफ्नो अठहतर वर्षको उमेरमा समन्तभद्र बोधिसत्व चर्या रच्नुभएको थियो
भन्ने भनाई छ । उनासी वर्षमा उहँले त्रायतृंस देवभूवनमा मातालाई धर्मोपदेश दिन जानुभएको थियो ।
र पृथ्वीमा अवतरण गरिसक्नुभएपछि, आफ्नो परिनिर्वाणपूर्व उहांले दुइवटा सूत्रहरु क्रमश: निर्वाण सूत्र
तथा सुखावतीव्यूह सूत्रहरु मात्र प्रकाशमा ल्याउनुभयो ।

सन् २५२ तिर आचर्य संघवर्मन चीनमा गैइ वृहत सुखावतीव्यूह सूत्रलाई दुई भागहरुमा अनुवाद गर्नुभएको
थियो भन्ने भनाई छ ।
प्रस्तुत ग्रन्थ ती दुईमध्ये पहिलो तथा सबैभन्दा वृहत मानिन्छ ।

सन् ४०० तिर आचर्य कुमारजीव चीनबाट भारतबर्ष आउनु भै त्यही एकै सस्करणमा संक्षिप्त
सुखावतीव्यूह सूत्रको अनुवाद निकाल्नुभयो ।

२. संस्करणहरु
....................

सुखावतीव्यूह सूत्र
विस्तरमातृका
--------------------------

बुद्ध, धर्म र संघलाई बन्दना । समस्त बुद्ध र बोधिसत्वहरुलाई नमस्कार । दशैदिशाका लोकधातुहरुमा
रहनुभएका सबै बुद्ध, बोधिसत्व र आर्यश्रावक प्रत्येकबुद्धहरुलाई नमस्कार । अ्इताभ तथागतलाई नमस्कार ।
अचिन्त्य गुण सम्पन्न तथागतहरुलाई नमस्कार ।

मैले यस्तो सुनेको छु । एक समय भगवान बुद्ध राजगृहको गन्धकूट पर्वतमा बत्तीसहजार अर्हत्, आस्रव क्षीण
भैसकेक, क्लेशरहित, आफ्नो भार विसाइ सकेका, सम्यक ग्नानले चित्तलाई विमुक्त पारिसकेका, अन्वेषण युक्त चित्त भएका,
भवसंयोजन क्षीण भैसकेका, इच्छित वस्तु प्राप्त गरि सकेका, उत्तम प्रकारको आत्मसंयम प्राप्त गरि सकेका
प्रग्नाग्नानले विमुक्त भैसकेका, महानायक, षडभिग्न ग्नान हासिल गरि सकेका, इन्दृयहरुलाई वशमा पारिसकेका'
आठ प्रकारका विमोक्ष ध्यान गरि सकेका, बल प्राप्त गरि सकेक, ग्नानमा निपुण भएका, महाष्रावक साथ
विराजमान हुनुहुन्थ्यो ।

ती महाषावकहरु हुन् । अग्नातकौडिण्य, अश्वजित्, बाष्प, महानाम, भद्रजित्, यशोदेव, विमल, सुबाहु, पूर्ण मैत्रायणीपुत्र, उरुबिल्व काश्यप,
नदीकाश्यप, गयाकाश्यप, महाकाश्यप, शारिपुत्र, महामौदगल्यायन, महाकौष्ठिल्य, महाकफिल, महाचुन्द, अनिरुद्द, नन्दिक,
कम्पिल, सूभूति, रेवत, खदिरवनिक, वकुल, स्वागत, अ्ओघराज, पारायणिक, पत्क, चुल्लपत्क, नन्द राहुल,
आयुष्मान आनन्द । यि सबै भिक्क्षुहरु र अन्य महाष्रावक भिक्षुहरु सबै ग्नानमा निपुण थिए । केवल आयुष्मान आनन्दले
अझै शैक्ष मार्गमा उत्रन बाकि थियो । यि सबै भिक्षुहरु तथ मैत्रेयद्वारा नेतृत्व गरिएका अनेकाअर्य बोधिसत्वहरु
संगै भगवान बुद्ध विराजमान हुनुहुन्थ्यो ।

यसपछि आयुष्मान आनन्द भिक्षु आफ्नो आसनबाट उठेरचिवर वस्त्रको एक भाग दाहिने कांधमा राखि
घुंडाले पृथ्वीमा तेकी भगवान बुद्धलाई प्रणाम गरेर यस्तो भन्नु भयो -

हे भगवान्! तपाईक इन्दृयहरु अति शौम्य देखिन्छन्, तपाइका छविवर्ण परिसुध्द छ, अनुहारको वर्ण स्वच्छ
छ र सुन जस्तै पहेलो छ । जसरी शरद ऋतुको बादल स्वच्छ र परिशुद्ध हुन्छ, सफा र पहेलो वर्ण झैं झल्कन्छ
त्यसरी नै भगवानका इन्दृयहरु शौम्य देखिन्छन्, मुखको वर्ण पनि शुद्ध देखिन्छ । छवि वर्ण स्वच्छ र सुवर्ण वर्ण
देखिन्छ । हे भगवान्! जसरी जाम्वु नदीबाट ल्याएका सुनका असर्फी सिपालु शिल्पकार अथवा उसका शिष्यले आगोको मुस्लो झैं राम्रोसंग
मिलाएको सेतो फीका वस्त्रमा राखदा अति शुद्ध र पहेंलो देखिन्छ । त्यसरी नै भगवान् बुद्धका इन्दृयहरु प्रसन्न
देखिन्चन्, मुखका वर्ण परिशुद्ध देखिन्छन्, छविवर्ण स्वच्चा तथा सुवर्णमयी देखिन्छ, हे भगवान् फेरि आज भन्दा पहिले
तथागतको इन्दृयहरु यसरी शौम्य देखिएको मैले निश्चय नै जानेको छैन, मुखका वर्ण परिशुद्ध भएको तथा
छविवर्ण स्वच्छ र पहेंलो रंगको भएको कहिल्यै देखेको छैन । हे भगवान् मलाई यस्तो लागेको छ । बुद्ध आज तथागतको
भूमिमा विहार गर्नुभएको छ । तथागत फेरि फेरि जिनभूमिमा विहार गर्नुभएको छ । सर्वग्नताको भूमिमा विहार
गर्नु भएको छ । महानागको भूमिमा विहार गर्नु भएको छ । तथागत पुन: अतित, वर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागतहरुलाई
संस्मरण गर्नुहुन्छ ।
आनदबाटयस्ता उद्गारहरु प्रकट भैसकेपछि भगवान बुद्धले आयुष्मान् आनदलाई यस्तो भन्नु भयो - साधु साधु हे आनन्द, इमिले ठीक भन्यौ ।
के यी कुराहरु बारे तिमिलाई देवताहरुले सल्लाह दिनु भएको थियो कि भगवान बुद्धहरुले? अथवा यो सबै तिम्रा मीमांसा ग्नानद्वारा जानेकाहौ?
यी शब्दहरु बोलिए पश्चात आयुष्मान् आनन्दले भगवान् बुद्धलाई भन्नु भयो :- हे भगवान्, न त मैले यी कुराहरु देवताहरुको सल्लाह ले जानेको हुँ न त
भगवान बुद्धहरुको अनुभावबाट नै, मेरो आफ्नै मीमांश ग्नान द्वारा नै मैले बुद्ध आज तथागतको भूमिमा विहार गर्नुभएको छ, सर्वग्नताको भूमिमा विहार गर्नु भएको छ,
महानागको भूमिमा विहार गर्नु भएको छ वा भूतवर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागत हरुलाई संस्मरण गर्नु भएको छ
भन्ने कुरा जानेको हुं ।
त्यसपछि भगवान् बुध्दले आयुष्मान् आनन्दलाई भन्नु भयो - साधु साधु आनन्द, तिम्रो प्रश्न अत्युत्तम छ, तिम्रो मीमांश ग्नान राम्रो छ, तिम्रो
ग्नान अति राम्रो छ । हे आनन्द! बहुजनको हितका लागि तिमि जन्मेका हौ । बहुजनको सुखको लागि, लोकहरु माथि अनुकम्पा राखी धेरै प्राणीहरुको हितको लागी धेरै देव तथा
मनुष्यको कल्याणको लागि जुन कुरा तिमीले तथागतसंग सोध्न उपयुत्त ठान्दछौ त्यही सोध्नु ।

यसरी हे आनद! भगवान तथागतहरु र अर्हत् सम्यक्सम्बुद्धहरु समक्ष कल्पना नै गर्न नसकिने असंख्य तथा अप्रमाण ग्नानदर्शन
प्रस्तुत गरुन्, तर तथागतको ग्नान अगाडि त्यो फिका नै पर्छ । के कारणले त्यस्तो हुन्छ? हे आनन्द !अवरोधविहिन बहेकोले तथागतको
हेतुग्नानदर्शन अप्रतिहत छ । हे आनद, तथागतले चाहेको खण्डमा एउटा पिण्डपात्र को भरमा

Tuesday, May 25, 2010

मेरो केश

यो पृथ्वी यो प्रदेश्
यो प्रकृति यो परिबेश
यहाँको रीति यहाँको भेष
म झैं स्वतन्त्र, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

गुन्यू जाऊन् पाहुना
ढाकुन् सार बिदेश
पहिरन इच्छा रोजाइको
आराम्दायी नै वेश
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

अश्लिल! पाखण्डी आँखा
छाडा मनको क्लेश
साहित्य यो युगको
अलंकार श् लेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

नढाकिऊन् सुन्दरता
नछट्टिऊन् स्वच्छन्दता
नहोओस् देश परदेश

आफ्नै आँगन-बारीहरुमा
नलागोस् है ठेस
आँखा चिम्ली हिडेपनि
आभास होस् स्वदेश

प्राचिन जटा लामो कपाल
मेरो पनि बिशेष
प्रकृतिको स्वच्छन्दता
सरल सहज भेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

~मोनोलिथ
ब्लाष्ट टाइम्स
बर्ष-१० अंक-३०१
july,31 2005 sunday

आन्दोलन चर्कीरहेछ

अनादिकालदेखि जमिरहेको
मेरो ठोस
मन-हिमाल
बनावटी तिम्रो रूपको
सुन्दर् तामझामहरुले
ग्लोबल वार्मिङ्ग् बढेर
पग्लिदैं तरल भै
आन्दोलित मेरो मन

कृतिम तिम्रो मुस्कान र
अप्राकृतिक पर्फ्युमको
मगमगाउने सुगन्धहरुले
प्रदुषण भै उब्जिएको
मनको उत्तेजित
तरङ्गहरुको भींडको
हुलदंगा,अशान्तपुर्न प्रदर्शन
र नाराबाजीले झन् झन्
आन्दोलन चर्कीरहेछ

तिम्रो हट्
चालढालहरु र
सेक्सी हाउभाउहरुको
उष्णताले तातिएको
यो मनमा झन् झन्
आन्दोलन चर्कीरहेछ

~mahakaal,(maoist aandolan)may.2010