Wednesday, June 30, 2010

भाले नपुंसक

हे जननीजन्मभूमि!
जतिसुकै मलिलो हो ओस
तिम्रो उर्बर भूमि
जति खन; जोत; बाझो फुटाऊ
मल-जल गर, पसिना बगाऊ
परिश्रमको राजकुलो नै लगाऊ
बेढंगले फस्टाएको, तिम्रो बारीमा
बाली हौसिए पनि
माली रौसिए पनि
ए नेपली धर्ति!
खोष्टा र खोया मात्रै रहेको
जुँगा भएको तर दाना नभएको
हाय! तिम्रा सपूतहरू
औ! जति स्याहार; सुसार;
मायाले हुर्काऊ तिम्रो गर्भमा
यि छद्मभेषी साँढेका
बिदेशी बिउँहरुलाई
फसल लाग्ने छैन, तिम्रो कोखमा
किनभने प्रीये
आयातीत् बिकाशे तिम्रो
भाले नपुंसक परेको छ ।

~महाँकाल