अँध्यारो भनिने रातमा
सेती-कोशी सुसाए झैं
सुसाउदै बेगले
राँके भूतको लस्करहरु
एक तमासले, दौडिरहेछन्
सेख जायद् रोडमा
चकमन्न छ, सुनसान्-सुनसान्
मसानघाट् झैं यो रात
वीर मसान उफ्रीएर
मुर्कुट्टाहरु डुक्रीए झैं
मरुभुमिको वालुवामथि
दौडिरहेछ आकासे भूत
अजङ्ग् ठाडो पहाडहरुमा
बल्ने च्याऊहरु टल्किरहेछन्
चुन्-ढुङ्गा र कमेरोको भिरपाखामा,
रङ्गीविरङ्गी फूलहरु र
गुराँसहरुमाझ उभिएर, बान्कीमा
यि मरुभूमिकी सगरमाथा
कुन जन्मको हो, साईनो गाँस्दै
म तिर फर्की; मुस्कुराइरहेछिन्
~mahaakal
oct 2010