Saturday, January 12, 2013
सौचालय-साहित्य
~महाँकाल
डिसेम्बर् २००९
सिनेमा हल, स्कुल,कलेज,सर्कारी कार्यलय,अस्पताल कहि न कहि त
एक पटक भए पनि सौचालय बिचरण गर्नु भएकै होला ।
आउनुहोस् ति मिठा पलहरुको एक पल्ट फेरि स्मरण गरौ । सार्वजनिक सौचालयको तिखो सुवास नाकमा च्वाँस्स जसै पर्छ
उसै सभ्य र शालिन शब्दहरु आँखाभरि नाचिहल्छन्, घन्किहाल्छ
कानभरि नाक र निधारतिर पनि उस्तै देव-देवीको आकृतिहरु ठोकिन आइपुग्छन । यमराजको बैभव देखेर ईन्द्रले डाह गरि निर्माण गरेको भान हुने, शानदार र
भयङ्कर भब्य चर्पीमा आफ्नो जुत्ताको फोहोर लाग्ला कि भनेर खुट्टा टेक्ने ठाँऊ
नभेट्दा भित्ता, सिलिङ्ग्, चौकस ढोका, पल्ला प्यान र प्वालहरुमा समेत उत्कृष्ट
साहित्यहरु महान स्रस्टाहरुले बडो गजबको शैलीमा रचेका, सृजेका भेटिन्छन् । नेपालमा सहित्यकारहरुको कमि पटक्कै छैन, न त साहित्य प्रेमीहरुको नै,
एउटाले दुई-चार शुभ साईत गर्छन् त दुई सय चारले ले हजार भर्छन्।
साहित्यमा नोबल पुरस्कार पनि तुच्छ पारिदिने कहिल्यै नसुनेको, नपढेको
साहित्यहरु शौभाग्यबश ति भाग्यमानीले मात्र जो सार्वजनिक सौचालय छिर्छन,
पढन पाउछन्। कुनै पत्रीकाको बर्गिकृत बिज्ञापनको खुला पाना झैं लोभ-लाभ, वारेन्टि-ग्यारेन्टि,
नाप-साईज, सम्पर्क ठेगाना सहित सविस्तार बर्णनका महाकाब्यहरु भेटिन्छन्।
क्रान्तिकारी ति सर्जकहरुको चर्को नारावाजीले गुलेली प्रहार गर्दा आन्दोलन दमनकारीको
टियर ग्याँसले आँखा, नाक पोलेर श्वास रोकिए झैं लाग्छ अनि पुरै चर्पी मेरो देश हो ।
र मेरो देश एउटा महान चर्पी हो । देशमा आन्दोलन चलिरहेछ, क्रान्ति भैरहेछ ।
यो आन्दोलनबाट कोही पनि उम्कने उपाय छैन । अस्पतालमा त झनै आफ्नो बिरामीको सेवा गरे वापत र आफ्नै रोग सन्च पारिदिएकोमा
महिला डक्टर र नर्सहरुलाई कृतज्ञता व्यक्त गर्ने पवित्र स्थान नै टोइलेट रहेछ ।
त्यो पनि काव्यमा(आँशुकवि कुरुवा र भिजिटरहरुको ति बिशिस्ट वाङ्मयहरु बिशेष कारणले यहाँ
उद्दरण गरिएको छैन) नामै तोकेर फलाना सिस्टरले यति सेवा गर्नु भयो भन्दै अति आभारी
छु भनि उपहार नै टक्राउदो रहेछन ति कुरुवा र निको भएका बिरामीहरुले। ति सबै उपहार
बटुल्न त अस्पतालका सबै स्टाफहरुलाई नै हम्मे हम्मे पर्छ म जोखेरै भन्छु । फेरि निको नभएर
परम धाम गएकाहरुले चाँहि आफ्नो कविता र उपहारहरु यमलोकबाट सिधै ईमेल र कुरीयर गरि
पठाउद रहेछन । यदा कदा यस्ता साहित्यहरु गाँऊ घरका कुनातिरका बाँसको बोटहरुमा र चौतारो फलैचाहरुमा
पनि फाट्ट-फुट्ट भेटिन्थे । बाँसघारि र झाडीतिर पाईखानाका निम्ति जाँदा फुरेका ति काव्यरस कै
बिकसित रुप हुनु पर्छ यि सौचालय साहित्यहरु । त्यसैले यसलाई अझै प्रोत्साहन गर्नलाई हरेक घरको हरेक टोईलेटको भित्ताहरुमा लेखिनु पर्छ ।
देशको बिशिष्ट टट्टिखानाहरु बडा हाकीम, नेताहरु, मण्त्रीहरु, उपप्रधान मण्त्री, प्रधान मण्त्री,
उपराष्ट्रपति राष्ट्रपति सबैको, टोइलेट खाली छोडिनु हुन्न । यसो संसारभरिका साहित्य प्रेमीहरु
नेपालमा साहित्य अध्ययन गर्न आउनेछन । मुलुकको आर्थिक बिकाश पनि हुनेथ्यो। नेपाल भ्रमण वर्ष
२०११ लाई पनि ठुलो टेवा पुग्नेथ्यो!
Tuesday, June 5, 2012
मरुभूमिकी सगरमाथा
अँध्यारो भनिने रातमा
सेती-कोशी सुसाए झैं
सुसाउदै बेगले
राँके भूतको लस्करहरु
एक तमासले, दौडिरहेछन्
सेख जायद् रोडमा
चकमन्न छ, सुनसान्-सुनसान्
मसानघाट् झैं यो रात
वीर मसान उफ्रीएर
मुर्कुट्टाहरु डुक्रीए झैं
मरुभुमिको वालुवामथि
दौडिरहेछ आकासे भूत
अजङ्ग् ठाडो पहाडहरुमा
बल्ने च्याऊहरु टल्किरहेछन्
चुन्-ढुङ्गा र कमेरोको भिरपाखामा,
रङ्गीविरङ्गी फूलहरु र
गुराँसहरुमाझ उभिएर, बान्कीमा
यि मरुभूमिकी सगरमाथा
कुन जन्मको हो, साईनो गाँस्दै
म तिर फर्की; मुस्कुराइरहेछिन्
~mahaakal
oct 2010
Sunday, November 14, 2010
नलडेरै हारिरहेछु।
रसरङ्गको बगैंचामा
म चुस्त खरायो भै, उफ्रदैथे
कुन शिकारीको आँखाको
पाशोमा परे
र मरे।
फेरि, पिरतीको गृहयुद्दमा
कुन दु:स्मनले
बिछ्याएको माईनमा
मेरो यात्रा गुड्यो
र बिष्फोट्मा टुङ्गियो।
फेरि, मायाको रणभूमिमा
कसको कुन चक्रब्यूहमा
म कसरी फसे
र मेरो छात्तीमा
भाला रोपियो।
फेरि,प्रेमको राजनितिमा
म कसको षडयन्त्रमा परे
तरवारहरुबाट घेरिए
र मेरो टाउको गिडियो।
कुन युद्दभुमि हो
कुन रङ्गमञ्च
मैले छुट्याउनै सकिन
कुन खेल मैदान हो
कुन एम्बुस लडाँईको
मैले ठम्याउनै सकिन
अझै पनि चिन्न सकिन
मेरो शत्रुहरुलाई
पत्तो लाउन सकिन वैरीहरुलाई
त्यसैले यो लडाँई
कोसँग कसरी लडुँ
यसरी हरेक युद्द म
नलडेरै हारिरहेछु।
म चुस्त खरायो भै, उफ्रदैथे
कुन शिकारीको आँखाको
पाशोमा परे
र मरे।
फेरि, पिरतीको गृहयुद्दमा
कुन दु:स्मनले
बिछ्याएको माईनमा
मेरो यात्रा गुड्यो
र बिष्फोट्मा टुङ्गियो।
फेरि, मायाको रणभूमिमा
कसको कुन चक्रब्यूहमा
म कसरी फसे
र मेरो छात्तीमा
भाला रोपियो।
फेरि,प्रेमको राजनितिमा
म कसको षडयन्त्रमा परे
तरवारहरुबाट घेरिए
र मेरो टाउको गिडियो।
कुन युद्दभुमि हो
कुन रङ्गमञ्च
मैले छुट्याउनै सकिन
कुन खेल मैदान हो
कुन एम्बुस लडाँईको
मैले ठम्याउनै सकिन
अझै पनि चिन्न सकिन
मेरो शत्रुहरुलाई
पत्तो लाउन सकिन वैरीहरुलाई
त्यसैले यो लडाँई
कोसँग कसरी लडुँ
यसरी हरेक युद्द म
नलडेरै हारिरहेछु।
Wednesday, June 30, 2010
भाले नपुंसक
हे जननीजन्मभूमि!
जतिसुकै मलिलो हो ओस
तिम्रो उर्बर भूमि
जति खन; जोत; बाझो फुटाऊ
मल-जल गर, पसिना बगाऊ
परिश्रमको राजकुलो नै लगाऊ
बेढंगले फस्टाएको, तिम्रो बारीमा
बाली हौसिए पनि
माली रौसिए पनि
ए नेपली धर्ति!
खोष्टा र खोया मात्रै रहेको
जुँगा भएको तर दाना नभएको
हाय! तिम्रा सपूतहरू
औ! जति स्याहार; सुसार;
मायाले हुर्काऊ तिम्रो गर्भमा
यि छद्मभेषी साँढेका
बिदेशी बिउँहरुलाई
फसल लाग्ने छैन, तिम्रो कोखमा
किनभने प्रीये
आयातीत् बिकाशे तिम्रो
भाले नपुंसक परेको छ ।
~महाँकाल
जतिसुकै मलिलो हो ओस
तिम्रो उर्बर भूमि
जति खन; जोत; बाझो फुटाऊ
मल-जल गर, पसिना बगाऊ
परिश्रमको राजकुलो नै लगाऊ
बेढंगले फस्टाएको, तिम्रो बारीमा
बाली हौसिए पनि
माली रौसिए पनि
ए नेपली धर्ति!
खोष्टा र खोया मात्रै रहेको
जुँगा भएको तर दाना नभएको
हाय! तिम्रा सपूतहरू
औ! जति स्याहार; सुसार;
मायाले हुर्काऊ तिम्रो गर्भमा
यि छद्मभेषी साँढेका
बिदेशी बिउँहरुलाई
फसल लाग्ने छैन, तिम्रो कोखमा
किनभने प्रीये
आयातीत् बिकाशे तिम्रो
भाले नपुंसक परेको छ ।
~महाँकाल
Sunday, May 30, 2010
सुखावतीव्यूह सूत्र
१. भूमिका
सुखावतीव्यूह सूत्रका दुइवटा संस्करणहरु छन्: वृहत सुखावतीव्यूह सूत्र तथा
संक्षैप्त सुखावतीव्यूह सूत्र । समस्त नेपाली पठक वर्गको हितलाई ध्यानमा राखी
प्रस्तुत सुखावतीको नेपली अनुवाद् नागर्जुन बौध्द अध्ययन संस्थान कै नेपाल बौध्द
अनुवाद परियोजनाद्वारा गरिएको हो । सुखावतीको नामैले अत्युत्तम सुख र आनन्दको भूवन
भन्ने अर्थ दिन्छ ।
चीन र जापनमा प्रचलित पुरे लन्द् (सुद्द क्षेत्र) सम्प्रदायहरुको मत अनुसार यो ग्रन्थ कयौं पवित्र
सूत्रहरुमध्ये एक हो । अ मिताभ बुद्धको नाम जप गर्नु भनेकै सुखावती बुध्दक्षेत्रमा जन्म लिने माध्यम
हो जुन चीनिया तथा जापानी बौद्धहरुका माझ अति नै लोकपृय छ ।
वैशाली नगरमा भगवान बुद्धले आफ्नो अठहतर वर्षको उमेरमा समन्तभद्र बोधिसत्व चर्या रच्नुभएको थियो
भन्ने भनाई छ । उनासी वर्षमा उहँले त्रायतृंस देवभूवनमा मातालाई धर्मोपदेश दिन जानुभएको थियो ।
र पृथ्वीमा अवतरण गरिसक्नुभएपछि, आफ्नो परिनिर्वाणपूर्व उहांले दुइवटा सूत्रहरु क्रमश: निर्वाण सूत्र
तथा सुखावतीव्यूह सूत्रहरु मात्र प्रकाशमा ल्याउनुभयो ।
सन् २५२ तिर आचर्य संघवर्मन चीनमा गैइ वृहत सुखावतीव्यूह सूत्रलाई दुई भागहरुमा अनुवाद गर्नुभएको
थियो भन्ने भनाई छ ।
प्रस्तुत ग्रन्थ ती दुईमध्ये पहिलो तथा सबैभन्दा वृहत मानिन्छ ।
सन् ४०० तिर आचर्य कुमारजीव चीनबाट भारतबर्ष आउनु भै त्यही एकै सस्करणमा संक्षिप्त
सुखावतीव्यूह सूत्रको अनुवाद निकाल्नुभयो ।
२. संस्करणहरु
....................
सुखावतीव्यूह सूत्र
विस्तरमातृका
--------------------------
बुद्ध, धर्म र संघलाई बन्दना । समस्त बुद्ध र बोधिसत्वहरुलाई नमस्कार । दशैदिशाका लोकधातुहरुमा
रहनुभएका सबै बुद्ध, बोधिसत्व र आर्यश्रावक प्रत्येकबुद्धहरुलाई नमस्कार । अ्इताभ तथागतलाई नमस्कार ।
अचिन्त्य गुण सम्पन्न तथागतहरुलाई नमस्कार ।
मैले यस्तो सुनेको छु । एक समय भगवान बुद्ध राजगृहको गन्धकूट पर्वतमा बत्तीसहजार अर्हत्, आस्रव क्षीण
भैसकेक, क्लेशरहित, आफ्नो भार विसाइ सकेका, सम्यक ग्नानले चित्तलाई विमुक्त पारिसकेका, अन्वेषण युक्त चित्त भएका,
भवसंयोजन क्षीण भैसकेका, इच्छित वस्तु प्राप्त गरि सकेका, उत्तम प्रकारको आत्मसंयम प्राप्त गरि सकेका
प्रग्नाग्नानले विमुक्त भैसकेका, महानायक, षडभिग्न ग्नान हासिल गरि सकेका, इन्दृयहरुलाई वशमा पारिसकेका'
आठ प्रकारका विमोक्ष ध्यान गरि सकेका, बल प्राप्त गरि सकेक, ग्नानमा निपुण भएका, महाष्रावक साथ
विराजमान हुनुहुन्थ्यो ।
ती महाषावकहरु हुन् । अग्नातकौडिण्य, अश्वजित्, बाष्प, महानाम, भद्रजित्, यशोदेव, विमल, सुबाहु, पूर्ण मैत्रायणीपुत्र, उरुबिल्व काश्यप,
नदीकाश्यप, गयाकाश्यप, महाकाश्यप, शारिपुत्र, महामौदगल्यायन, महाकौष्ठिल्य, महाकफिल, महाचुन्द, अनिरुद्द, नन्दिक,
कम्पिल, सूभूति, रेवत, खदिरवनिक, वकुल, स्वागत, अ्ओघराज, पारायणिक, पत्क, चुल्लपत्क, नन्द राहुल,
आयुष्मान आनन्द । यि सबै भिक्क्षुहरु र अन्य महाष्रावक भिक्षुहरु सबै ग्नानमा निपुण थिए । केवल आयुष्मान आनन्दले
अझै शैक्ष मार्गमा उत्रन बाकि थियो । यि सबै भिक्षुहरु तथ मैत्रेयद्वारा नेतृत्व गरिएका अनेकाअर्य बोधिसत्वहरु
संगै भगवान बुद्ध विराजमान हुनुहुन्थ्यो ।
यसपछि आयुष्मान आनन्द भिक्षु आफ्नो आसनबाट उठेरचिवर वस्त्रको एक भाग दाहिने कांधमा राखि
घुंडाले पृथ्वीमा तेकी भगवान बुद्धलाई प्रणाम गरेर यस्तो भन्नु भयो -
हे भगवान्! तपाईक इन्दृयहरु अति शौम्य देखिन्छन्, तपाइका छविवर्ण परिसुध्द छ, अनुहारको वर्ण स्वच्छ
छ र सुन जस्तै पहेलो छ । जसरी शरद ऋतुको बादल स्वच्छ र परिशुद्ध हुन्छ, सफा र पहेलो वर्ण झैं झल्कन्छ
त्यसरी नै भगवानका इन्दृयहरु शौम्य देखिन्छन्, मुखको वर्ण पनि शुद्ध देखिन्छ । छवि वर्ण स्वच्छ र सुवर्ण वर्ण
देखिन्छ । हे भगवान्! जसरी जाम्वु नदीबाट ल्याएका सुनका असर्फी सिपालु शिल्पकार अथवा उसका शिष्यले आगोको मुस्लो झैं राम्रोसंग
मिलाएको सेतो फीका वस्त्रमा राखदा अति शुद्ध र पहेंलो देखिन्छ । त्यसरी नै भगवान् बुद्धका इन्दृयहरु प्रसन्न
देखिन्चन्, मुखका वर्ण परिशुद्ध देखिन्छन्, छविवर्ण स्वच्चा तथा सुवर्णमयी देखिन्छ, हे भगवान् फेरि आज भन्दा पहिले
तथागतको इन्दृयहरु यसरी शौम्य देखिएको मैले निश्चय नै जानेको छैन, मुखका वर्ण परिशुद्ध भएको तथा
छविवर्ण स्वच्छ र पहेंलो रंगको भएको कहिल्यै देखेको छैन । हे भगवान् मलाई यस्तो लागेको छ । बुद्ध आज तथागतको
भूमिमा विहार गर्नुभएको छ । तथागत फेरि फेरि जिनभूमिमा विहार गर्नुभएको छ । सर्वग्नताको भूमिमा विहार
गर्नु भएको छ । महानागको भूमिमा विहार गर्नु भएको छ । तथागत पुन: अतित, वर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागतहरुलाई
संस्मरण गर्नुहुन्छ ।
आनदबाटयस्ता उद्गारहरु प्रकट भैसकेपछि भगवान बुद्धले आयुष्मान् आनदलाई यस्तो भन्नु भयो - साधु साधु हे आनन्द, इमिले ठीक भन्यौ ।
के यी कुराहरु बारे तिमिलाई देवताहरुले सल्लाह दिनु भएको थियो कि भगवान बुद्धहरुले? अथवा यो सबै तिम्रा मीमांसा ग्नानद्वारा जानेकाहौ?
यी शब्दहरु बोलिए पश्चात आयुष्मान् आनन्दले भगवान् बुद्धलाई भन्नु भयो :- हे भगवान्, न त मैले यी कुराहरु देवताहरुको सल्लाह ले जानेको हुँ न त
भगवान बुद्धहरुको अनुभावबाट नै, मेरो आफ्नै मीमांश ग्नान द्वारा नै मैले बुद्ध आज तथागतको भूमिमा विहार गर्नुभएको छ, सर्वग्नताको भूमिमा विहार गर्नु भएको छ,
महानागको भूमिमा विहार गर्नु भएको छ वा भूतवर्तमान तथा अनागतकालका अर्हत सम्यक सम्बुद्ध तथागत हरुलाई संस्मरण गर्नु भएको छ
भन्ने कुरा जानेको हुं ।
त्यसपछि भगवान् बुध्दले आयुष्मान् आनन्दलाई भन्नु भयो - साधु साधु आनन्द, तिम्रो प्रश्न अत्युत्तम छ, तिम्रो मीमांश ग्नान राम्रो छ, तिम्रो
ग्नान अति राम्रो छ । हे आनन्द! बहुजनको हितका लागि तिमि जन्मेका हौ । बहुजनको सुखको लागि, लोकहरु माथि अनुकम्पा राखी धेरै प्राणीहरुको हितको लागी धेरै देव तथा
मनुष्यको कल्याणको लागि जुन कुरा तिमीले तथागतसंग सोध्न उपयुत्त ठान्दछौ त्यही सोध्नु ।
यसरी हे आनद! भगवान तथागतहरु र अर्हत् सम्यक्सम्बुद्धहरु समक्ष कल्पना नै गर्न नसकिने असंख्य तथा अप्रमाण ग्नानदर्शन
प्रस्तुत गरुन्, तर तथागतको ग्नान अगाडि त्यो फिका नै पर्छ । के कारणले त्यस्तो हुन्छ? हे आनन्द !अवरोधविहिन बहेकोले तथागतको
हेतुग्नानदर्शन अप्रतिहत छ । हे आनद, तथागतले चाहेको खण्डमा एउटा पिण्डपात्र को भरमा

Tuesday, May 25, 2010
मेरो केश
यो पृथ्वी यो प्रदेश्
यो प्रकृति यो परिबेश
यहाँको रीति यहाँको भेष
म झैं स्वतन्त्र, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
गुन्यू जाऊन् पाहुना
ढाकुन् सार बिदेश
पहिरन इच्छा रोजाइको
आराम्दायी नै वेश
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
अश्लिल! पाखण्डी आँखा
छाडा मनको क्लेश
साहित्य यो युगको
अलंकार श् लेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
नढाकिऊन् सुन्दरता
नछट्टिऊन् स्वच्छन्दता
नहोओस् देश परदेश
आफ्नै आँगन-बारीहरुमा
नलागोस् है ठेस
आँखा चिम्ली हिडेपनि
आभास होस् स्वदेश
प्राचिन जटा लामो कपाल
मेरो पनि बिशेष
प्रकृतिको स्वच्छन्दता
सरल सहज भेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
~मोनोलिथ
ब्लाष्ट टाइम्स
बर्ष-१० अंक-३०१
july,31 2005 sunday
यो प्रकृति यो परिबेश
यहाँको रीति यहाँको भेष
म झैं स्वतन्त्र, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
गुन्यू जाऊन् पाहुना
ढाकुन् सार बिदेश
पहिरन इच्छा रोजाइको
आराम्दायी नै वेश
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
अश्लिल! पाखण्डी आँखा
छाडा मनको क्लेश
साहित्य यो युगको
अलंकार श् लेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
नढाकिऊन् सुन्दरता
नछट्टिऊन् स्वच्छन्दता
नहोओस् देश परदेश
आफ्नै आँगन-बारीहरुमा
नलागोस् है ठेस
आँखा चिम्ली हिडेपनि
आभास होस् स्वदेश
प्राचिन जटा लामो कपाल
मेरो पनि बिशेष
प्रकृतिको स्वच्छन्दता
सरल सहज भेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश
~मोनोलिथ
ब्लाष्ट टाइम्स
बर्ष-१० अंक-३०१
july,31 2005 sunday
आन्दोलन चर्कीरहेछ
अनादिकालदेखि जमिरहेको
मेरो ठोस
मन-हिमाल
बनावटी तिम्रो रूपको
सुन्दर् तामझामहरुले
ग्लोबल वार्मिङ्ग् बढेर
पग्लिदैं तरल भै
आन्दोलित मेरो मन
कृतिम तिम्रो मुस्कान र
अप्राकृतिक पर्फ्युमको
मगमगाउने सुगन्धहरुले
प्रदुषण भै उब्जिएको
मनको उत्तेजित
तरङ्गहरुको भींडको
हुलदंगा,अशान्तपुर्न प्रदर्शन
र नाराबाजीले झन् झन्
आन्दोलन चर्कीरहेछ
तिम्रो हट्
चालढालहरु र
सेक्सी हाउभाउहरुको
उष्णताले तातिएको
यो मनमा झन् झन्
आन्दोलन चर्कीरहेछ
~mahakaal,(maoist aandolan)may.2010
मेरो ठोस
मन-हिमाल
बनावटी तिम्रो रूपको
सुन्दर् तामझामहरुले
ग्लोबल वार्मिङ्ग् बढेर
पग्लिदैं तरल भै
आन्दोलित मेरो मन
कृतिम तिम्रो मुस्कान र
अप्राकृतिक पर्फ्युमको
मगमगाउने सुगन्धहरुले
प्रदुषण भै उब्जिएको
मनको उत्तेजित
तरङ्गहरुको भींडको
हुलदंगा,अशान्तपुर्न प्रदर्शन
र नाराबाजीले झन् झन्
आन्दोलन चर्कीरहेछ
तिम्रो हट्
चालढालहरु र
सेक्सी हाउभाउहरुको
उष्णताले तातिएको
यो मनमा झन् झन्
आन्दोलन चर्कीरहेछ
~mahakaal,(maoist aandolan)may.2010
राजीनामा मागिरहेछ।
मेरो मनको ईतिहासमा
प्राचिन कालको
ढुङे युगदेखि नै
तिम्रो तानाशाही शासनको
एकलौटी र मनमौजी
अराजक नियन्त्रणमा
हर समय परिरहेछ
बेरोक-टोक र
बेहिसाब-किताब
मेरा अंग-प्रत्यङ्गहरु
मेरा मन-मस्तिष्कहरु
तिम्रो खटुनमा दौडीरहेछ
तिम्रो वशमा विवश
यो कैदी मन
तिम्रो तृष्णाको,
अतृप्त भव-सत्ताबाट
फुत्कन खोजिरहेछ
तिम्रो मोज-मस्ती र भोग-विलासको
निरंकुश स्वतन्त्रताबाट
चुउट्कारा खोज्दै
तिम्रो अनन्त अधिपतित्वको
राजीनामा मागिरहेछ।
~महांकाल,may 2010
प्राचिन कालको
ढुङे युगदेखि नै
तिम्रो तानाशाही शासनको
एकलौटी र मनमौजी
अराजक नियन्त्रणमा
हर समय परिरहेछ
बेरोक-टोक र
बेहिसाब-किताब
मेरा अंग-प्रत्यङ्गहरु
मेरा मन-मस्तिष्कहरु
तिम्रो खटुनमा दौडीरहेछ
तिम्रो वशमा विवश
यो कैदी मन
तिम्रो तृष्णाको,
अतृप्त भव-सत्ताबाट
फुत्कन खोजिरहेछ
तिम्रो मोज-मस्ती र भोग-विलासको
निरंकुश स्वतन्त्रताबाट
चुउट्कारा खोज्दै
तिम्रो अनन्त अधिपतित्वको
राजीनामा मागिरहेछ।
~महांकाल,may 2010
Monday, December 28, 2009
हत्केलाको कथा
सुन!
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो
औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे
जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो
त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।
आज म एउटा कथा भन्छु,
एकादेशमा
भाग्यको रेखापारि
एउटा हत्केला थियो,
त्यहि हत्केला हेरि हेरि
धेरै आँखाहरुले भविष्य बताए
कंयौले भूत कथे
कतिले वर्तमान देखाए
नाना अडकलबाजी भयो
तर हत्केला मौन थियो
औंला औंलाको
भूमरी-चक्रहरुमा
शंखनाद गुञ्जन्थ्यौ
त्यहाँ अदृश्य,भूतहरु नाच्दथे
कहालीलाग्दो दृश्यहरु देखिन्थे
त्यहीँ रङ्गीन सपनाहरु
मुसुकुराउदै आउथे, अनि
ठेला उठाउथे
पसिना बगाउथे
जिन्दगीको बहाव बोकी
कर्मका नदीहरु
कहिले यता
कहिले उता
कोहि यता
कोहि उता बगिरह्न्थ्यो
केवल हत्केला भरि अटाएको
सारा संसार थियो
त्यसैले सुन
यस कथाको पात्र
सबै कथाको पात्र हुन
यस कथाको कहानी
सबै कथाको कहानी हुन
त्यसैले
यो एउटै सुने पुग्छ
एउटै बुझे पुग्छ।
Sunday, December 27, 2009
गाढा प्रेम
हर रात तिमिलाई
सपनीमा खोज्छु
चिरिच्याट्ट छाँटिएको
तिम्रो मस्त बदन देख्दै
म लट्ठिन्छु, अनि
उत्तेजित हृदयको
रक्तप्रवाहको बेगसँगै
तिम्रो जिन्दगीलाई
अङ्गालोमा बाँधेर
सुमसुमाउछु तिम्रो
सुनौलो बर्तमानहरु
मेरो मनहरु सलबलाउछन
तिम्रो मुटुको धडकनहरुमा
अनि,
मेरो प्रेम अझै गाढा भएको हुन्छ
म अलि छाडा भएको हुन्छु
तिमि सागर भै गहिरिएको बेला
म डाँडा भै ठडेको हुन्छु
तिमि फूल भै फक्रेको बेला
म काँडा भै गढेको हुन्छु
अनि तिम्रो श्वास बढेको बेला
मेरो दिल मद-मस्त लडेको हुन्छ
स्खलित मेरो सपना, जब
झसङ्ग भै ब्युझन्छ
तिमि टाढा भएको हुन्छौ
अनि मेरो प्रेम अझै
गाढा भएको हुन्छ।
~महाकाल,2007
सपनीमा खोज्छु
चिरिच्याट्ट छाँटिएको
तिम्रो मस्त बदन देख्दै
म लट्ठिन्छु, अनि
उत्तेजित हृदयको
रक्तप्रवाहको बेगसँगै
तिम्रो जिन्दगीलाई
अङ्गालोमा बाँधेर
सुमसुमाउछु तिम्रो
सुनौलो बर्तमानहरु
मेरो मनहरु सलबलाउछन
तिम्रो मुटुको धडकनहरुमा
अनि,
मेरो प्रेम अझै गाढा भएको हुन्छ
म अलि छाडा भएको हुन्छु
तिमि सागर भै गहिरिएको बेला
म डाँडा भै ठडेको हुन्छु
तिमि फूल भै फक्रेको बेला
म काँडा भै गढेको हुन्छु
अनि तिम्रो श्वास बढेको बेला
मेरो दिल मद-मस्त लडेको हुन्छ
स्खलित मेरो सपना, जब
झसङ्ग भै ब्युझन्छ
तिमि टाढा भएको हुन्छौ
अनि मेरो प्रेम अझै
गाढा भएको हुन्छ।
~महाकाल,2007
Saturday, November 21, 2009
समय
निमेष पल र क्षणहरु
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!
परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!
यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!
अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!
~Monolith,2004
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!
परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!
यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!
अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!
~Monolith,2004
किराँती
राती राती माती हिड्ने
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती
दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती
आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति
प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती
~march,2009
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती
दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती
आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति
प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती
~march,2009
मृत्यु!
मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन
~monolitH,2004
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन
~monolitH,2004
हारेको हार
पल-पल मा टुक्रीन्छन
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो
~mahakaal,2007
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो
~mahakaal,2007
मेरो अस्तित्व!
तिम्रो यादमा
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!
~mahakaala,2004
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!
~mahakaala,2004
मृत्युको तमाशा
म हरेक रातसँगै मर्छु
अनि,बिहानिसँगै जन्मन्छु
तर,प्रत्येक दिनहरु पनि
मृत्युतुल्य छन
बरु ति रातहरु
जिवन झै लाग्छ
केवल सपनिमा
त्यसै मात्र भैदिए पनि
म दिनभर निधाउथे
तर सपनाहरु पनि
खेदो गर्छन
मेरो निरीह खुशीहरुको
फेरि मनको
दन्किरहेको आगोमा
तिम्रो यादहरुको
मिठो घिऊ थपिन्छ
यो सदाबहार नर्कमा
आदिकाल देखि नै तड्पिरहेछु
अबिनाशी यि अमर मनहरु सँगै
पल पल मरिरहेछु
हर क्षण आफ्नै मृत्युको
तमाशा हेरिरहेछु
~monolith,2005
अनि,बिहानिसँगै जन्मन्छु
तर,प्रत्येक दिनहरु पनि
मृत्युतुल्य छन
बरु ति रातहरु
जिवन झै लाग्छ
केवल सपनिमा
त्यसै मात्र भैदिए पनि
म दिनभर निधाउथे
तर सपनाहरु पनि
खेदो गर्छन
मेरो निरीह खुशीहरुको
फेरि मनको
दन्किरहेको आगोमा
तिम्रो यादहरुको
मिठो घिऊ थपिन्छ
यो सदाबहार नर्कमा
आदिकाल देखि नै तड्पिरहेछु
अबिनाशी यि अमर मनहरु सँगै
पल पल मरिरहेछु
हर क्षण आफ्नै मृत्युको
तमाशा हेरिरहेछु
~monolith,2005
Thursday, November 12, 2009
छिमेकी लाई कोसेली
मिचेर लैजाऊ थिचेर लैजाऊ
या लैजाऊ घिचेर
छलेर लैजाऊ, खोसेर लैजाऊ
या लैजाऊ पोषेर
झुक्याएर,फकाएर लैजाऊ बहकाएर
जसरी लैजाऊ
यो भिक्षा-दान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डढेको कालो आँखा
तिम्रो गढेको
बढेको माथा यो चढेको
उच्च तुच्छ सर्वोच्च ठडेको
लैजाऊ उपहार ठिङरिङै लडेको
चिसो अभिमन स-सम्मान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
लैजाऊ थारी गौतमकि आमा
नपुंसक भए बाहरु
देखाऊ पुरुषार्थ
जन्माऊ सिद्दार्थ
लैजाऊ तिम्रै भो कुत्सित शान
होस् कल्याण तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
पशुहरु यहाँ पूजिने भए
दाईजो भो पशुपति
सेवा खातिरै उत्पति
लैजाऊ सिपाही र चेलीको
यौवन जिऊ-ज्यान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
मुटु कठांग्रीएर यहाँ रगत बफिंदा
तड्पियौ मोह्-प्यसले
छ्ट्पटियौ डाह्-ईर्ष्याले
भतभती पोलिएर
सल्कियौ द्वेष्ले
लैजाऊ निभाऊ प्यास बुझाऊ
कोशी कालीको मुहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डांडा पाखा,गाँऊ शहर
बिरानो श्मसान भो
फरक के नै भो
नामको यो,लैजाऊ
बनाउ सजाऊ या
मेटाऊ छ फीट्को
शितल चिहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
~mahakaal,2002
या लैजाऊ घिचेर
छलेर लैजाऊ, खोसेर लैजाऊ
या लैजाऊ पोषेर
झुक्याएर,फकाएर लैजाऊ बहकाएर
जसरी लैजाऊ
यो भिक्षा-दान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डढेको कालो आँखा
तिम्रो गढेको
बढेको माथा यो चढेको
उच्च तुच्छ सर्वोच्च ठडेको
लैजाऊ उपहार ठिङरिङै लडेको
चिसो अभिमन स-सम्मान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
लैजाऊ थारी गौतमकि आमा
नपुंसक भए बाहरु
देखाऊ पुरुषार्थ
जन्माऊ सिद्दार्थ
लैजाऊ तिम्रै भो कुत्सित शान
होस् कल्याण तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
पशुहरु यहाँ पूजिने भए
दाईजो भो पशुपति
सेवा खातिरै उत्पति
लैजाऊ सिपाही र चेलीको
यौवन जिऊ-ज्यान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
मुटु कठांग्रीएर यहाँ रगत बफिंदा
तड्पियौ मोह्-प्यसले
छ्ट्पटियौ डाह्-ईर्ष्याले
भतभती पोलिएर
सल्कियौ द्वेष्ले
लैजाऊ निभाऊ प्यास बुझाऊ
कोशी कालीको मुहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डांडा पाखा,गाँऊ शहर
बिरानो श्मसान भो
फरक के नै भो
नामको यो,लैजाऊ
बनाउ सजाऊ या
मेटाऊ छ फीट्को
शितल चिहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
~mahakaal,2002
मुटु बिक्रीमा छ
पवित्र तपोभूमी
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ
गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ
वीर-बहदुर-गोर्खालीको
कोमल-कठोर
जे चिताए त्यहि हुने
मर्मस्पर्शी-चिन्तामणी
मुटु बिक्रीमा छ
एच.आई.भी. रहे
पाटैइटिसबाट सुरक्षित
रक्तचाप-डाईविटिजप्रूफ्
अति सस्तो दाममा
मुटु बिक्रीमा छ
योग-प्राणायमले
स्वस्थमन्तर-जन्तरले
बलिस्ठधुम्रपान-रक्सिरहीत
सयबर्ष वारन्टीसहित
मुटु बिक्रीमा छ
~mahakaal,2008
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ
गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ
वीर-बहदुर-गोर्खालीको
कोमल-कठोर
जे चिताए त्यहि हुने
मर्मस्पर्शी-चिन्तामणी
मुटु बिक्रीमा छ
एच.आई.भी. रहे
पाटैइटिसबाट सुरक्षित
रक्तचाप-डाईविटिजप्रूफ्
अति सस्तो दाममा
मुटु बिक्रीमा छ
योग-प्राणायमले
स्वस्थमन्तर-जन्तरले
बलिस्ठधुम्रपान-रक्सिरहीत
सयबर्ष वारन्टीसहित
मुटु बिक्रीमा छ
~mahakaal,2008
ढुकुरको कथा
एकादेशमा
मधुमसमा
हृदयमा उर्लिएका
मनमा कुर्लिएका
बथानका बथान ढुकुरहरु
मध्य एकको
विरहमा पोखिएको कथा
नबुझेर
बिस्मातले न्याश्रीएको बेला
अचानक!
बाजको हमला
खप्न नसकेर
रगत्ताम्य भै
छटपटिदै भूंईमा
खल्बलिएको सपना
नेत्र धमिलिएर
दृश्य विलाई
कथा टुङ्गिन्छ!
~महाँकाल,2002
मधुमसमा
हृदयमा उर्लिएका
मनमा कुर्लिएका
बथानका बथान ढुकुरहरु
मध्य एकको
विरहमा पोखिएको कथा
नबुझेर
बिस्मातले न्याश्रीएको बेला
अचानक!
बाजको हमला
खप्न नसकेर
रगत्ताम्य भै
छटपटिदै भूंईमा
खल्बलिएको सपना
नेत्र धमिलिएर
दृश्य विलाई
कथा टुङ्गिन्छ!
~महाँकाल,2002
पुष्प बाँण
ति जँगली लहरा झैं
बेफिक्रीले बटारिएर
लठारिने हाउ-भाउमा
फक्रीएका यि फूलहरु!
उन्मादले चटारिएकी
कोरलीको भवभङ्गीमा
बाटो-घाटोमा निष्फिक्रीले
घुमाउछन बक्र-दृष्टीहरु!
कुरुक्षेत्रभन्दा धेरै टाढा
नि:शस्त्र हिड्दा पनि
कवचविहीन कोमल मनमा
छोड्छन पूष्प-बाणहरु!
~MahakaaL,2005
बेफिक्रीले बटारिएर
लठारिने हाउ-भाउमा
फक्रीएका यि फूलहरु!
उन्मादले चटारिएकी
कोरलीको भवभङ्गीमा
बाटो-घाटोमा निष्फिक्रीले
घुमाउछन बक्र-दृष्टीहरु!
कुरुक्षेत्रभन्दा धेरै टाढा
नि:शस्त्र हिड्दा पनि
कवचविहीन कोमल मनमा
छोड्छन पूष्प-बाणहरु!
~MahakaaL,2005
Subscribe to:
Posts (Atom)