Thursday, November 12, 2009
के पूजाको जरुरी छैन!?
खोलापारी
मन्दिरमा
देउता छन
पूजारी पनि छन
फूल,धूप,दीप र
अक्षता पनि छ
श्रद्दा छ
भक्ति छ
आस्था पनि छ
केवल पूजा छैन
त्यसैले के
पूजाको जरुरी छैन!?
~mahakaal,2007
मन्दिरमा
देउता छन
पूजारी पनि छन
फूल,धूप,दीप र
अक्षता पनि छ
श्रद्दा छ
भक्ति छ
आस्था पनि छ
केवल पूजा छैन
त्यसैले के
पूजाको जरुरी छैन!?
~mahakaal,2007
उपहास!
होशमै गुमाएको बेहोसिहरु
बेहोसमा पाएको होसहरु
अनि मदहोस जोश र
ब्यर्थका अफसोसहरु
क्रीडामा आएका पिडाहरु
पिडामा हराएका क्रीडामा
अनि पिडाले ल्याएका
उत्पिडाहरु
आशामा पलाएका भरोषाहरु
भरोषामा मुर्झाएका आशाहरु
अबोध अभिलासा र
ब्यर्थका निराशाहरु
व्यथामा पोखिएका कथाहरु
कथामा जोखिएका व्यथाहरु
निशेष खुशी अनि
शेष ज्यथाहरु
साहसले जन्माएका दुस्साहसहरु
दुस्साहस् ले अन्माएका साहसहरु
खिसी,अट्टहास
अनि उपहासहरु
~monolith,2002
बेहोसमा पाएको होसहरु
अनि मदहोस जोश र
ब्यर्थका अफसोसहरु
क्रीडामा आएका पिडाहरु
पिडामा हराएका क्रीडामा
अनि पिडाले ल्याएका
उत्पिडाहरु
आशामा पलाएका भरोषाहरु
भरोषामा मुर्झाएका आशाहरु
अबोध अभिलासा र
ब्यर्थका निराशाहरु
व्यथामा पोखिएका कथाहरु
कथामा जोखिएका व्यथाहरु
निशेष खुशी अनि
शेष ज्यथाहरु
साहसले जन्माएका दुस्साहसहरु
दुस्साहस् ले अन्माएका साहसहरु
खिसी,अट्टहास
अनि उपहासहरु
~monolith,2002
Tuesday, November 10, 2009
कार्तिके युग
कार्तिक मासको
सदावहार युगमा
पुच्छर् हल्लाउँदै
क्याटवल्क हाउ-भाऊमा
'हट-स्प्रे' मगमगाउदै
सडक बिच र छेउ-छाऊमा
डुलिरहेछन
चार पाऊमा
लेघ्रो तान्दै,लोक तालमा
सुसेल्दै झ्याउरे चालमा
हात हल्लाउदै खुट्टा उफार्दै
हिप्-हप् र र्यापमा
ग्रन्ज,पंक र रकसँगै
झ्याउ-झ्याऊमा
लखर लखर,भर्खर
मात चढेकाहरु र
दाँत झरेकाहरु पनि
सुँघ्दै-सुँघ्दै गन्धहरु
र्याल चुहाँउदै
ङ्यार-ङ्यार ङुर-ङुर गर्दै
भित्ता र खम्बारुमा
ठाँउ-बेठाँऊमा
तिरिक्क! पार्दै, तिन पाउमा
पार्क,चौतारी र चौबाटोहरुमा
ठाँउ-कुठाँऊमा
भव तर्दै,चड्दै नाउमा
ब्यस्त छन
मस्त छन
डुङ्गा खिँयाऊन
धुम मचाऊन
यो कार्तिके युगमा
एल्. सि.,बुलडग र भुस्याहरु
लडिरहेछन,जुँधिरहेछन
पुच्छर गसाँऊन
छाउरा-छाउरामा
छाउरी-छाउरीमा
माउ-माऊमा
टोल-बजार, गाँऊ-गाँऊमा
कुँकिरहेछन,चुँकिरहेछन
एक-आपसको
भुकि-भुकाउमा
टोकि-टोकाउमा।।
~महाकाल, nov.2009
Wednesday, November 4, 2009
काली तिमी
सदा स्वच्छ सुन्दर्
शान्त र शितल
हिमालकी लहरी
काली तिमी
भाग्यले या दुर्भाग्यले
सेती झैं गहिरिदै
छाल र हन्डरहरु
संहाली तिमी
हजारौं ढलहरुको
दुर्गन्धलाई पनि
आफ्नो न्यानो मायाले
पखाली तिमी
समयको यो
घोर फोहोरहरुमा
विशुद्द चोखी
नेपाली तिमी
अनि मेरो मनमा
जिवनमा,सदा अटल
परम पवित्र
काली तिमी
~mahakaal
शान्त र शितल
हिमालकी लहरी
काली तिमी
भाग्यले या दुर्भाग्यले
सेती झैं गहिरिदै
छाल र हन्डरहरु
संहाली तिमी
हजारौं ढलहरुको
दुर्गन्धलाई पनि
आफ्नो न्यानो मायाले
पखाली तिमी
समयको यो
घोर फोहोरहरुमा
विशुद्द चोखी
नेपाली तिमी
अनि मेरो मनमा
जिवनमा,सदा अटल
परम पवित्र
काली तिमी
~mahakaal
अकाल-चक्र
जीवन!
एउटा ठेट परिकल्पना
स्वप्न-बिहिन
मस्त निन्द्राको अकल्पनिय
असिम संसारमा
बेअर्थले बेमतलब
निरन्तर घुमिरहेको
अकाल-चक्र!
एउटा ब्यासको
सिमित परिधिभित्र
जकडिएको
चिडियाघरको पशु-पंक्षिहरुको
सोच-बिचार र अनुभवबाट
टुङिएको निस्कर्ष!
एउटा अज्ञात
रहस्यमयी
अपूर्व घटना पश्चात
बसेको नशा बानी
लत आदत र संस्कारले
दिन र रात
बादल र झरी
अनि
घन्टी र खानाको
नियम मान्यता!
मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले
बसेको जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
झल्यास्स!,
ब्युँझदाको समय
...अकाल-चक्र!
~Monolith,2004
एउटा ठेट परिकल्पना
स्वप्न-बिहिन
मस्त निन्द्राको अकल्पनिय
असिम संसारमा
बेअर्थले बेमतलब
निरन्तर घुमिरहेको
अकाल-चक्र!
एउटा ब्यासको
सिमित परिधिभित्र
जकडिएको
चिडियाघरको पशु-पंक्षिहरुको
सोच-बिचार र अनुभवबाट
टुङिएको निस्कर्ष!
एउटा अज्ञात
रहस्यमयी
अपूर्व घटना पश्चात
बसेको नशा बानी
लत आदत र संस्कारले
दिन र रात
बादल र झरी
अनि
घन्टी र खानाको
नियम मान्यता!
मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले
बसेको जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
झल्यास्स!,
ब्युँझदाको समय
...अकाल-चक्र!
~Monolith,2004
उसरी नै
जसरी म
बाटो बिराएर
आफ्नै गल्लीको
टोल-आँगन वरिपरी
भौतारिरहन्छु
खैँ के-के हराए झैँ
आफ्नै निवासहरु
के-के खोजिरहे झैँ
तिम्रो आभासहरु
बिर्सिएर स्मृतिका
हरेक सासहरु
भुलेर गोरेटोहरुमा
अघी अघी लम्किदा
बिगत नै भेटिन्छन
फेरि उसरी नै
~2009
बाटो बिराएर
आफ्नै गल्लीको
टोल-आँगन वरिपरी
भौतारिरहन्छु
खैँ के-के हराए झैँ
आफ्नै निवासहरु
के-के खोजिरहे झैँ
तिम्रो आभासहरु
बिर्सिएर स्मृतिका
हरेक सासहरु
भुलेर गोरेटोहरुमा
अघी अघी लम्किदा
बिगत नै भेटिन्छन
फेरि उसरी नै
~2009
'म'हरु
'म'हरु
नितान्त एक्लो 'म'हरु
एकान्तका भींड र
आफूभित्रका भेलाहरु
बिकेन्द्रीत अनि
अशान्त 'म'हरु
शुन्य एक्लो आकशमा
ताराहरु झैँ
चम्किन खोज्दै अहंकारमा
सितारको झंकारमा
कम्पित ध्वनि तरङ्गको
लयमा विलय हुन नसकेका
कुलिन शुन्यताको
शालिन रिक्ततामा
विलिन नभएका 'म'हरु
एउटै बोट्का पातहरु
फूलहरु,फलहरु झैं
भिन्न भिन्न भै
एउटै काँचका टुक्राहरु झैं
फुटेर
एउटै वायुका श्वासहरु,
अनि एकै श्वासका वायुहरु झैं
छिन्न-विन्न भै
केन्द्रीत हुन नसकेका 'म'हरु
आकाश गंगामा,उल्काहरु झैं
तारापुन्जका झुल्काहरु झैं
बिमोहित भएर
तिरोहित हुन नसकेका
अस्त ब्यस्त अमस्त
पीरहरुको अस्थिर शिर
संहालेर स्थिर हुन नसकेका 'म'हरु
वैभवका उदभवहरुमा
सदभव राख्न नसकेर
बिद्रोहमा उग्र भै ब्यग्र भएका
इत्तर कट्टरहरु
मत्थर भै
तित्तर-वित्तर हुन नसकेर
फेरि
युद्दमा क्रुद्द
विलकुल शुध्द
विशुध्द अशुध्द 'म'हरु
~ monolitH,2003
नितान्त एक्लो 'म'हरु
एकान्तका भींड र
आफूभित्रका भेलाहरु
बिकेन्द्रीत अनि
अशान्त 'म'हरु
शुन्य एक्लो आकशमा
ताराहरु झैँ
चम्किन खोज्दै अहंकारमा
सितारको झंकारमा
कम्पित ध्वनि तरङ्गको
लयमा विलय हुन नसकेका
कुलिन शुन्यताको
शालिन रिक्ततामा
विलिन नभएका 'म'हरु
एउटै बोट्का पातहरु
फूलहरु,फलहरु झैं
भिन्न भिन्न भै
एउटै काँचका टुक्राहरु झैं
फुटेर
एउटै वायुका श्वासहरु,
अनि एकै श्वासका वायुहरु झैं
छिन्न-विन्न भै
केन्द्रीत हुन नसकेका 'म'हरु
आकाश गंगामा,उल्काहरु झैं
तारापुन्जका झुल्काहरु झैं
बिमोहित भएर
तिरोहित हुन नसकेका
अस्त ब्यस्त अमस्त
पीरहरुको अस्थिर शिर
संहालेर स्थिर हुन नसकेका 'म'हरु
वैभवका उदभवहरुमा
सदभव राख्न नसकेर
बिद्रोहमा उग्र भै ब्यग्र भएका
इत्तर कट्टरहरु
मत्थर भै
तित्तर-वित्तर हुन नसकेर
फेरि
युद्दमा क्रुद्द
विलकुल शुध्द
विशुध्द अशुध्द 'म'हरु
~ monolitH,2003
Subscribe to:
Posts (Atom)