निमेष पल र क्षणहरु
भर्खरै बिते
कैयौ घण्टाघरहरु
ठहरिए ढले
अरबौ घडीहरु
बने बाँधिए र फुटे
अनेकौ पात्रोहरु
छापिए झुडिए र च्यातिए
तर समय!
परिस्थितीहरु परिवर्तन साथै
प्रहर प्रहरमा बदलिए
कैयौ तिथीहरु लेखिए
मितीहरु तोकिए
लगनहरु फुरे
साईतहरु जुरे
ग्रहहरू साटिए
दशाहरु काटिए
तर समय!
यँहा सेकेण्ड मिनेट घण्टा
प्रहर दिन सप्ताह
महिना बर्ष सताब्दी
सहस्राब्दी अनि युगौं बिते
तर समय!
अजर अमर
अचल अटल मुहुर्त
आज अहिले तत्काल
यसै बेला यती खेरै
यथावत
ठीक यही समय!
~Monolith,2004
Saturday, November 21, 2009
किराँती
राती राती माती हिड्ने
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती
दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती
आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति
प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती
~march,2009
को हो त्यो, भन्दा किराँती
नमातीकन नहुने जाती
हो कस्तो, यो किराँती
दिउँसो न राती
माती माती रहने जाती
ढ्याङ्रो न मुन्धुम
धूपवाती फूल्पाती
शबमाथि जाँडकै थाती
टन्न पिई मस्त जिई
साथी-साथी बाजे नाती
अहो! यस्तो यो किराँती
आफ्नै छाति देखाउदै च्याती
जङमा अघि थाप्ने घाँटी
कस्तो वीर आँटी किराँति
प्रकृति माथि भरोषा राखी
उधओलि र उभौलिहरुमा
पछार्दै बाघ,भालु र हाती
भलि भाती ठोक्दै लाती
यो हो, अद् भुत किराँती
~march,2009
मृत्यु!
मौसम बेमौसममा
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन
~monolitH,2004
प्रकिति उताउलिएर
ब्रम्हाण्डसँगको समागमले बसेको
जायज नाजयज गर्भले
क्षणभर देखेको
एउटा अनन्त लामो सपनाबाट
भुसुक्क निदाउदाको अवस्था
सृस्टिको मनोरम दशाहरुमा
मदहोस भै फसेर
आवश्यक्ताको कमारो र
अभिलाषाको दासत्वको
मजबुत साङ्गलोबाट
छुट्कार दिन प्रकितिको
ममतामयी हातबाट
प्रेमपुर्ण चडकन्
समयको लय र तालमा
अलौकिक बिधुतिय
अस्तित्वको आडले
नृत्यरत
एक् घडी
थकित भै
आफैमा चकित पर्ने
अचम्मको बिश्रान्ति
डर त्रास र भयको
एउटा खुल्दुली
अनि आजन्म बिछोडिएकि
प्रेयसीसँगको
अपरिहार्य मिलन
~monolitH,2004
हारेको हार
पल-पल मा टुक्रीन्छन
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो
~mahakaal,2007
यि प्यारहरु
भ्यलेन्टाइनका ति
अमर उपहारहरु
अमुल्य! आफ्नै प्रित पनि
ठिहिर्याउने तुसारो शीत भो
जितेका जीत भन्दा
हारेको हार वहार भो
~mahakaal,2007
मेरो अस्तित्व!
तिम्रो यादमा
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!
~mahakaala,2004
अवसादमा
बर्वादमा,आवादमा
मनमा चलेका
तर्क-वितर्कमा
सतर्क हुन नसकेर
कुतर्कले
नर्कको बासमा परेर
मुक्तिको प्यासमा
वित्ता-वित्तामा नाप्न नसिकिने
कविताहरुको
धारा-प्रवाहको संहितामा
बग्ने चाहानाले
आएका बाहानामा
गन्तब्य अबरुद्द गर्ने
मन्तब्यले
धमिलिएको भवितब्य
रुमलिएको अभब्य स्वप्न महलका
चहल-पहलका
रहल-पहल स्मृतिमा
जकडिएको
मेरो अस्तित्व!
~mahakaala,2004
मृत्युको तमाशा
म हरेक रातसँगै मर्छु
अनि,बिहानिसँगै जन्मन्छु
तर,प्रत्येक दिनहरु पनि
मृत्युतुल्य छन
बरु ति रातहरु
जिवन झै लाग्छ
केवल सपनिमा
त्यसै मात्र भैदिए पनि
म दिनभर निधाउथे
तर सपनाहरु पनि
खेदो गर्छन
मेरो निरीह खुशीहरुको
फेरि मनको
दन्किरहेको आगोमा
तिम्रो यादहरुको
मिठो घिऊ थपिन्छ
यो सदाबहार नर्कमा
आदिकाल देखि नै तड्पिरहेछु
अबिनाशी यि अमर मनहरु सँगै
पल पल मरिरहेछु
हर क्षण आफ्नै मृत्युको
तमाशा हेरिरहेछु
~monolith,2005
अनि,बिहानिसँगै जन्मन्छु
तर,प्रत्येक दिनहरु पनि
मृत्युतुल्य छन
बरु ति रातहरु
जिवन झै लाग्छ
केवल सपनिमा
त्यसै मात्र भैदिए पनि
म दिनभर निधाउथे
तर सपनाहरु पनि
खेदो गर्छन
मेरो निरीह खुशीहरुको
फेरि मनको
दन्किरहेको आगोमा
तिम्रो यादहरुको
मिठो घिऊ थपिन्छ
यो सदाबहार नर्कमा
आदिकाल देखि नै तड्पिरहेछु
अबिनाशी यि अमर मनहरु सँगै
पल पल मरिरहेछु
हर क्षण आफ्नै मृत्युको
तमाशा हेरिरहेछु
~monolith,2005
Thursday, November 12, 2009
छिमेकी लाई कोसेली
मिचेर लैजाऊ थिचेर लैजाऊ
या लैजाऊ घिचेर
छलेर लैजाऊ, खोसेर लैजाऊ
या लैजाऊ पोषेर
झुक्याएर,फकाएर लैजाऊ बहकाएर
जसरी लैजाऊ
यो भिक्षा-दान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डढेको कालो आँखा
तिम्रो गढेको
बढेको माथा यो चढेको
उच्च तुच्छ सर्वोच्च ठडेको
लैजाऊ उपहार ठिङरिङै लडेको
चिसो अभिमन स-सम्मान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
लैजाऊ थारी गौतमकि आमा
नपुंसक भए बाहरु
देखाऊ पुरुषार्थ
जन्माऊ सिद्दार्थ
लैजाऊ तिम्रै भो कुत्सित शान
होस् कल्याण तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
पशुहरु यहाँ पूजिने भए
दाईजो भो पशुपति
सेवा खातिरै उत्पति
लैजाऊ सिपाही र चेलीको
यौवन जिऊ-ज्यान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
मुटु कठांग्रीएर यहाँ रगत बफिंदा
तड्पियौ मोह्-प्यसले
छ्ट्पटियौ डाह्-ईर्ष्याले
भतभती पोलिएर
सल्कियौ द्वेष्ले
लैजाऊ निभाऊ प्यास बुझाऊ
कोशी कालीको मुहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डांडा पाखा,गाँऊ शहर
बिरानो श्मसान भो
फरक के नै भो
नामको यो,लैजाऊ
बनाउ सजाऊ या
मेटाऊ छ फीट्को
शितल चिहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
~mahakaal,2002
या लैजाऊ घिचेर
छलेर लैजाऊ, खोसेर लैजाऊ
या लैजाऊ पोषेर
झुक्याएर,फकाएर लैजाऊ बहकाएर
जसरी लैजाऊ
यो भिक्षा-दान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डढेको कालो आँखा
तिम्रो गढेको
बढेको माथा यो चढेको
उच्च तुच्छ सर्वोच्च ठडेको
लैजाऊ उपहार ठिङरिङै लडेको
चिसो अभिमन स-सम्मान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
लैजाऊ थारी गौतमकि आमा
नपुंसक भए बाहरु
देखाऊ पुरुषार्थ
जन्माऊ सिद्दार्थ
लैजाऊ तिम्रै भो कुत्सित शान
होस् कल्याण तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
पशुहरु यहाँ पूजिने भए
दाईजो भो पशुपति
सेवा खातिरै उत्पति
लैजाऊ सिपाही र चेलीको
यौवन जिऊ-ज्यान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
मुटु कठांग्रीएर यहाँ रगत बफिंदा
तड्पियौ मोह्-प्यसले
छ्ट्पटियौ डाह्-ईर्ष्याले
भतभती पोलिएर
सल्कियौ द्वेष्ले
लैजाऊ निभाऊ प्यास बुझाऊ
कोशी कालीको मुहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
डांडा पाखा,गाँऊ शहर
बिरानो श्मसान भो
फरक के नै भो
नामको यो,लैजाऊ
बनाउ सजाऊ या
मेटाऊ छ फीट्को
शितल चिहान तिमीलाई
कोशेली ठान या यो अपमान तिमीलाई
~mahakaal,2002
Subscribe to:
Posts (Atom)