Tuesday, May 25, 2010

मेरो केश

यो पृथ्वी यो प्रदेश्
यो प्रकृति यो परिबेश
यहाँको रीति यहाँको भेष
म झैं स्वतन्त्र, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

गुन्यू जाऊन् पाहुना
ढाकुन् सार बिदेश
पहिरन इच्छा रोजाइको
आराम्दायी नै वेश
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

अश्लिल! पाखण्डी आँखा
छाडा मनको क्लेश
साहित्य यो युगको
अलंकार श् लेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

नढाकिऊन् सुन्दरता
नछट्टिऊन् स्वच्छन्दता
नहोओस् देश परदेश

आफ्नै आँगन-बारीहरुमा
नलागोस् है ठेस
आँखा चिम्ली हिडेपनि
आभास होस् स्वदेश

प्राचिन जटा लामो कपाल
मेरो पनि बिशेष
प्रकृतिको स्वच्छन्दता
सरल सहज भेष
म झै स्वतन्त्र मेरो, मेरो देश
मेरो स्वतन्त्रता मेरो केश

~मोनोलिथ
ब्लाष्ट टाइम्स
बर्ष-१० अंक-३०१
july,31 2005 sunday

No comments:

Post a Comment