Tuesday, May 25, 2010

राजीनामा मागिरहेछ।

मेरो मनको ईतिहासमा
प्राचिन कालको
ढुङे युगदेखि नै
तिम्रो तानाशाही शासनको
एकलौटी र मनमौजी
अराजक नियन्त्रणमा
हर समय परिरहेछ

बेरोक-टोक र
बेहिसाब-किताब
मेरा अंग-प्रत्यङ्गहरु
मेरा मन-मस्तिष्कहरु
तिम्रो खटुनमा दौडीरहेछ

तिम्रो वशमा विवश
यो कैदी मन
तिम्रो तृष्णाको,
अतृप्त भव-सत्ताबाट
फुत्कन खोजिरहेछ

तिम्रो मोज-मस्ती र भोग-विलासको
निरंकुश स्वतन्त्रताबाट
चुउट्कारा खोज्दै
तिम्रो अनन्त अधिपतित्वको
राजीनामा मागिरहेछ।

~महांकाल,may 2010

No comments:

Post a Comment